+

हेपाटाइटिस उन्मूलनका लागि नीति, बजेट र समुदायको साझेदारी आवश्यक

२०८३ साउन  १३ गते १७:२८ २०८३ साउन १३ गते १७:२८
हेपाटाइटिस उन्मूलनका लागि नीति, बजेट र समुदायको साझेदारी आवश्यक

१३ साउन, काठमाडौं । नेपालमा हेपाटाइटिस नियन्त्रण तथा उन्मूलनका लागि नीति कार्यान्वयन, दिगो वित्तीय व्यवस्थापन, सेवा विस्तार र समुदायको सहभागिता अपरिहार्य रहेको सरोकारवालाले बताएका छन्।

विश्व हेपाटाइटिस दिवस २०२६ को अवसरमा ‘नेपालमा हेपाटाइटिस उन्मूलनका अवरोध अन्त्य : नीतिदेखि सामुदायिक कार्यसम्म’ विषयक अन्तरक्रिया आयोजना गरिएको थियो । स्पर्श नेपालले सेन्टर फर डिजिज एनालाइसिस (सीडीए) फाउन्डेसन र एलाइज ग्रान्टको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था, नागरिक समाज तथा सार्वजनिक स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्याय, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्मा, विश्व स्वास्थ्य संगठनकी वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. केन्जा बेन्नाईले आफ्ना धारणा राखेका थिए । हेपाटोलोजिस्ट डा. अनन्त श्रेष्ठ, हार्म रिडक्सन इन्टरनेसनलका वरिष्ठ विश्लेषक गज गुरुङ तथा स्पर्श नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक प्रवचन केसीले पनि छलफलमा भनाइहरू राखेका थिए ।

सीडीए फाउन्डेसनकी परियोजना व्यवस्थापक हेलेन एनडेले भिडियो सन्देशमार्फत सहभागिता जनाएकी थिइन् ।

स्पर्श नेपालले आफ्नो हेपाटाइटिस उपचार पहुँच अभिवृद्धि तथा सेवा प्रवाहसम्बन्धी अनुभव पनि प्रस्तुत गरेको थियो । आयोजकका अनुसार यस्ता कार्यक्रमले नेपालमा हेपाटाइटिस उन्मूलनका लागि सहकार्य विस्तार, नीतिगत संवाद र व्यावहारिक समाधान पहिचान गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्।

हेपाटाइटिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय