२९ साउन, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ ।
मन्त्रालयका सहसचिव दिवश आचार्यका अनुसार स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई सरुवा गर्दै वीर अस्पताल पठाउने निर्णय भएको छ ।
त्यसैगरी डा. उपाध्यायको सरुवासँगै परिवार कल्याण महाशाखा प्रमुखको जिम्मेवारी डा. ओम अर्यालले पाएका छन् । यसभन्दा अगाडि डा. अर्याल भरतपुर अस्पतालमा कार्यरत थिए ।
डा. हेमन्त ओझालाई स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ । डा. ओझा स्वास्थ्य सेवा विभागअन्तर्गतको उपचारात्मक महाशाखामा कार्यरत थिए ।
प्रतिक्रिया 4