+
+
Shares

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मनाइयो विश्व अंगदान दिवस

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व अंगदान दिवसको अवसरमा विशेष जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

२८ साउन, काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विशेष कार्यक्रम गरी विश्व अंगदान दिवस मनाएको छ । बिहीबार भक्तपुरबाट निर्वाचित सांसदहरू रुकेश रञ्जित, राजीव खत्री र गंगा लक्ष्मी अवालसहित विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा केन्द्रले विश्व अंगदान दिवस मनाएको हो ।

जीवित व्यक्तिबाट अंग निकाली अर्को व्यक्तिमा प्रत्यारोपण गर्नु पर्दा दोहोरो खर्च हुने गरेको केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले बताइन् । नेपाल जस्तो कम आय भएको मुलुकमा दोहोरो खर्चले प्रत्यारोपण खर्चिलो हुने गरेको उनले सुनाइन् । यदि मस्तिष्क मृत्युपश्चात हुने अंग दानबाट प्रत्यारोपण हुन सकेमा खर्च कम हुने डा. श्रेष्ठको भनाइ छ ।

साथै जीवित व्यक्तिबाट अंग झिक्नु नपर्दा उसको स्वस्थ्यमा आउन सक्ने जोखिम समेत कम हुने उनले बताइन् ।

केन्द्रको भौतिक संरचना विकास र सेवा विस्तारका लागि उपयुक्त स्थानमा आवश्यक जग्गा तथा भवनको आवश्यकता रहेको कुरा पनि डा.श्रेष्ठले स्मरण गराइन् ।

विश्वभरी नै मिर्गौला रोगको प्रकोप बढिरहेको अवस्थामा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपूर्ण उपायबारे सबैलाई सचेत गराउन पर्ने उनले उनले बताइन् ।

नेपालमा मिर्गौला फेल भएर धेरै जना समस्यामा पर्ने गरेको र उनीहरू मध्ये केहीको अंग नपाएर अकालमा मृत्यु हने गरेको केन्द्रका प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठले बताए ।

साथै अंगदान सम्बन्धी जनचेतना विस्तारमा यस्ता जनचेतनामूलक कार्यक्रमले अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे । केन्द्रको भौतिक पूर्वाधार विकास र कर्मचारीको वृत्ति विकासमा समेत ध्यान दिन सरकारसँग उनले माग गरे ।

विश्व अंगदान दिवसको अवसर पारेर भक्तपुर जिल्लाका सासंदहरू रुकेश रञ्जित र राजीव खत्री साथै पूर्वसंविधान सभा सदस्य विन्दा पाण्डे लगायत ९ जनाले मृत्युपश्चात अंगदान गर्ने घोषणा गरे । हालसम्म मस्तिष्क मृत्युपश्चात अंगदान गर्न मञ्जुरी दिनेको संख्या २७९९ पुगेको छ ।

सोही कार्यक्रममा मष्तिष्क मृत्यु पश्चात अंगदान गर्ने परिवारका सदस्यहरु र अंगदान गर्ने अस्पतालाई विशेष सम्मान समेत गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यहरू राजीव खत्री, रुकेश रञ्जित र गंगा लक्ष्मी अवालले अंगदानका सम्बन्धमा व्यापक जनचेतना जगाउन आफूले प्रयास गर्ने बताए ।

अंगदानको क्षेत्रमा नेपाली जनतालाई सर्भसुलभ रुपमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न आवश्यक पर्ने सबै सहयोग गर्ने र केन्द्रका लागि भवनको व्यवस्थापनका लागिपर्ने प्रतिबद्धता समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?