+

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

२०८२ फागुन  २८ गते १८:४५ २०८२ फागुन २८ गते १८:४५
राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व मिर्गौला दिवस २०२६ विविध कार्यक्रम गरी मनाएको छ।

२८ फागुन, काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व मिर्गौला दिवस २०२६ विविध कार्यक्रम गरी मनाएको छ । विश्व मृगौला दिवस प्रत्यक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार मनाइन्छ । यस वर्ष विश्व मिर्गौला दिवसको नारा ‘सबैका लागि मिर्गौला स्वास्थ्य- मानिसहरूको हेरचाह, ग्रहको रक्षा’ भन्ने रहेको छ ।

यस अवसरमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले बिहीबार बिहान मिर्गौला पदयात्राको आयोजना गरेको थियो । जसमा दुधपास्थित केन्द्रबाट सुरू भएको र्‍याली नपुखु हुँदै भक्तपुर दरबार स्क्वायर– साकोठा– टौमडी –पोटरी स्क्वायर–नासमना–बंशगोपाल–तेखापुखु–भार्वाचो– भक्तपुर मिनी बस पार्क हुँदै पुनः केन्द्रमा फर्किएको थियो ।

 

केन्द्रको प्रांगणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम समेत आयोजना भएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले मिर्गौला उपचारको क्षेत्रमा यो केन्द्र देशकै नमुना अस्पतालका रूपमा स्थापित भएको बताइन् । अहिलेसम्म १५८६ जनाको मिर्गौला र ३६ जनाको कलेजो प्रत्यारोपण भएको जानकरी उनले दिइन् ।

डा‍. कल्पनाका अनुसार केन्द्रमा हाल दैनिक १५० को हाराहारीमा डाइलाइसिस सेवा उपलब्ध हुने गरेको छ । अत्यन्त साँघुरो स्थानबाट सञ्चालन हुँदा केन्द्रको सेवा विस्तार गर्न नसिकएको गुनासो उनले गरिन् । उचित स्थानमा जग्गा उपलब्ध गराउन सम्बन्धित सबैमा अनुरोध समेत उनले गरिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्माले आफू स्वास्थ्य सचिव हुँदा यस केन्द्रको परिकल्पना गरेको कुरा स्मरण गराइन् । राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानको उनले प्रशंसा गरिन् । प्रत्यारोपण केन्द्रका लागि जग्गा उपलब्ध गराउनका लागि आफू पदमा रहँदा वा नरहँदा पनि पहल जारी राख्ने प्रतिवद्धता जनाइन् ।

यसै कार्यक्रममा बोल्ने अतिथिहरूले यस्ता प्रकारका जनचेतनमूलक कार्यक्रमले मिर्गौला रोगको बारेमा सर्वसाधारणमा सचेतना फैलाउन प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । यस्तो प्रकारको अभियानमा सधैं साथ दिएको र आगामी दिनमा पनि केन्द्रको उन्नती र प्रगतिमा साथ र सहयोग पुर्‍याउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशिष्ट व्यक्तित्वहरु, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति थियो ।साथै भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य अस्पतालका प्रत्यारोपण क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति, विभिन्न अस्पतालका स्वास्थ्यकर्मी, अङ्ग फेल भएका विरामी तथा प्रत्यारोपित व्यक्ति गरी करिब ६०० जनाको उपस्थिति थियो ।

राष्ट्रिय प्रत्यारोपण केन्द्र
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू

मिर्गौला स्वस्थ राख्नका लागि अपनाउनु पर्ने १० नियमहरू

रुघाखोकीदेखि थकानमा समेत राहत दिने हर्बल चिया, ८ विकल्प

रुघाखोकीदेखि थकानमा समेत राहत दिने हर्बल चिया, ८ विकल्प

‘क्वाड्रपल टेस्ट’ : गर्भावस्थामा डाउन सिन्ड्रोम जस्ता जोखिम पत्ता लगाउने परीक्षण

‘क्वाड्रपल टेस्ट’ : गर्भावस्थामा डाउन सिन्ड्रोम जस्ता जोखिम पत्ता लगाउने परीक्षण

बिहान खाली पेटमा के खाने, उत्तम विकल्प के हो ?

बिहान खाली पेटमा के खाने, उत्तम विकल्प के हो ?

आयातमूखि ओैषधि ऐन सुधार गर्न औषधि उद्योगीको माग

आयातमूखि ओैषधि ऐन सुधार गर्न औषधि उद्योगीको माग