+
+

सभामुखले बोलाएको शीर्ष नेताको बैठक सुरु

प्रतिनिधिसभाको वर्षे अधिवेशन २८ वैशाखमा सुरु हुँदैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १२:१३

२५ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा  सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलगायत सहभागी छन् ।

प्रतिनिधिसभाको वर्षे अधिवेशन २८ वैशाखमा सुरु हुँदैछ । अघिल्लो अधिवेशनमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गरेर बैठक अवरोध गरेको थियो ।

आगामी अधिवेशनमा संसद बैठक विना अवरोध सञ्चालन गर्ने उद्देश्यले सभामुखले दलहरुबीच बैठक राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?