+
+

फुटसलको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त, सहायक प्रशिक्षकमा थमन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १३:१२

२९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय पुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आगामी एएफसी फुटसल एसियन कप क्वालिफायरका लागि बस्नेतलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

यस्तै सहायक प्रशिक्षकमा थमन भुसाललाई नियुक्त गरिएको छ ।

एन्फा महासचिव किरण राईले बस्नेत र भुसाललाई सोमबार नियुक्ति पत्र प्रदान गरेका छन् ।

बस्नेतले यसअघि २०२२ मा कीर्गिस्तानमा भएको एएफसी फुटसल एसियन कप क्वलिफायरमा पनि नेपाली टिम हेरेका थिए । २०२४ मा हुने एएफसी फुटसल एसियन कपको क्वालिफायरमा नेपाल समूह डी मा छ ।

यस समूहमा भियतनाम, दक्षिण कोरिया र मंगोलिया पनि छन् ।

यस समूहको खेलहरु आगामी अक्टोबर ७ देखि ११ सम्म मंगोलियामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?