+
+

अभिषेक बच्चनले दिए नेपाली क्रिकेट टीमलाई एसिया कपको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते २०:५२

काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चनले आगामी एसिया कपका लागि नेपाली क्रिकेट टीमलाई शुभकामना दिएका छन् । आफ्नो आगामी फिल्म ‘घुमर’ रिलिजको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उनले क्रिकेट कथावस्तु बारेको यो फिल्म प्रेरणादायी र दर्शनीय रहेको समेत बताए ।

‘यो फिल्मको पृष्ठभूमि क्रिकेटको कथावस्तुमा आधारित छ । नेपाली दर्शकको लागि प्रेरणादायी र दर्शनीय पनि हुनसक्छ भन्ने विश्वास लिएको छु’ बच्चनले भने, ‘जसको कारण नेपाली क्रिकेट टीमलाई एसिया कपको लागि शुभकामना ।’

अभिनेता बच्चनले नेपाल आउने सानैदेखिको सपना रहेको बताउँदै चाँडै नेपाल घुम्न आउनको लागि अधैर्य समेत रहेको बताए । आर बल्की निर्देशित यो फिल्ममा अभिषेकसहित सबाना आजमी, सायमी खेर, अंगद बेदीको शीर्ष भूमिका छ ।

‘घुमर’ र ‘ड्रीम गर्ल २’को नेपाल वितरण शाहीले गर्ने

नेपाली फिल्म क्षेत्रका चर्चित वितरक गोविन्द शाहीले यी दुई बलिउड फिल्म वितरणसँगै विदेशी फिल्म वितरणमा हात हालेका छन् । उनले वितरण गर्ने यी दुईमध्ये घुमरको प्रदर्शन शुक्रबारदेखि हुँदैछ ।

आयुष्मान खुरानाको शीर्ष भूमिका रहेको ‘ड्रीमगर्ल २’लाई एकता कपुरले निर्माण गरेकी हुन् । यो फिल्म आगामी अगस्ट २५ मा रिलिज तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?