+
+

‘२ दिनसम्म देशभर झरी पर्ने सम्भावना छैन’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १२:४३

३ भदौ, काठमाडौं । मनसुनी प्रणाली कमजोर हुँदा दुई दिनसम्म  झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् ।

मौसमविद् बिनु महर्जनले भनिन्, ‘अहिले एक-दुई दिनमै अस्ति-अस्तिको जस्तो ठूलो सिस्टम आउने जस्तो देखिंदैन, पानी पर्ने क्रम अहिले जस्तो छ, लगभग त्यस्तै रहने देखिन्छ ।’

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालतर्फ सरदर स्थानको आसपास रहेकाले र भारतको मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले पूर्वको तुलनामा पश्चिम नेपालमा भने धेरै पानी परेको छ । भोलि (सोमबार) राति पनि पश्चिम नेपालका धेरै स्थानमा पानी पर्ने मौसमविद्को प्रक्षेपण छ ।

मौसमविद् महर्जनले भनिन्, ‘भोलि (सोमबार)को राति चाहिं सुदूरपश्चिममा एरियल कभरेजको हिसाबले अलिकति बढी पानी पर्नेजस्तो देखिएको छ । तर देशैभर कभर गर्ने गरी ठूलो सिस्टम आउने दुई-तीन दिनसम्मलाई देखिंदैन ।’

मनसुनको न्यूनचापीय रेखा पूर्वी नेपालतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ । त्यसैले पूर्वी नेपालमा भने कम पानी परेको छ । तर, दुईदिन पछि भने पुन: मनसुनको न्यूनचापीय रेखा सरदरस्थानबाट उत्तर (नेपाल)तर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनी रेखा सरदरस्थानभन्दा जति उत्तरतिर सर्‍यो, नेपालमा त्यति धेरै पानी पर्दछ ।

यद्यपि आज राति कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?