+
+

साउदी राजदूतसँग पर्यटन मन्त्रीको प्रस्ताव : साउदीको तेल र नेपालको पानी साटफेर गरौं

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १४:२८

३ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले साउदी अरेवियाका राजदूत साद अबु हाइमेद समक्ष तेल र पानी साटफेर गर्ने प्रस्ताव गरेका छन् ।

आइतबार भएको भेटबारे जानकारी दिँदै पर्यटन मन्त्री किरातीले लेखेका छन्, ‘साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढ बनाउँ ।’

भेटमा आफूले उठाएका सवालबारे उनी भन्छन्, ‘पैसाको धनी साउदीले प्रकृतिको धनी नेपालमा पानी र पर्यटनमा लगानी गर्नुहोस् ।’

तातो साउदीबाट चिसो सगरमाथाको देश नेपाल घुम्न पर्यटक पठाउन समेत पर्यटन मन्त्रीले राजदूत हाइमेदसँग आग्रह गरेका छन् ।

उनले पोखरा र भैरहवा विमानस्थलमा साउदीबाट सिधा उडानको पहल गर्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?