+
+

सुन तस्करी प्रकरण अनुसन्धानलाई प्रभावित नगरी उच्चस्तरीय संयन्त्र बनाउन एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १७:०६

३ भदौ, काठमाडौं । नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो बताएका हुन् ।

उनले भने, ‘पछिल्लो घटनाक्रम हेर्दै जाँदा नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दोस्रो चरणको छानबिन गर्छौं भन्दै थियो । सरकारले फाइल खोल्छु भन्दै गर्दा एकातिर प्रहरीका अधिकारी सरुवा गर्ने काम गरेको छ । ‘

उनले उच्चस्तरीय छानबिन समिति गठनको माग यथावत रहेको पनि बताए । गिरीले क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिरहेको भन्दै छानबिन समिति गठन गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।

‘सरकारले छानबिनमा ल्याउनपनि चाहेको अवस्था छैन । क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिने कुरा धेरै गम्भिर विषय हो । उच्चस्तरीय छानबिन समिति अपरिहार्य छ भन्ने कुरा पछिल्ला घटनाले पनि पुष्टी गरेका छन् । हामीले उच्चस्तरीय छानबिन समितिको मागलाई यथावत नै राख्यौं । सीआईबीले छानबिन गर्ने सन्दर्भमा हाम्रो अन्यथा भनाई होइन । सीआईबीले छानबिन गरोस् ।’

उनले सरकारको अकर्मण्यताका कारण संसद अवरुद्ध भएको जिकिर गरे । सुन तस्करी प्रकरणमा राजनितीक नेतृत्वहरुको पनि नाम सार्वजनिक भएको भन्दै ती व्यक्तिहरुलाई सीआईबीले छानबिनको दायरामा ल्याउन नसकेको बताए ।

उनले भने, ‘सुन तस्करी प्रकरणमा राजनितीक व्यक्तिहरु पनि सहभागी छन् भन्ने कुरा विभिन्न मिडियाबाट सार्वजनिक भइरहेका छन् । ती मान्छेहरुलाई सीआईबीले छानबिनको दायरामा पनि ल्याउन सकेन ।’

सीआईबीको अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसदमा बिजनेस अगाडी बढाउन नसकिने बता उनको भनाइ छ ।

‘समग्रमा यसको अध्ययन अनुसन्धान गरेर सरकारलाई एउटा प्रतिवेदन बुझाउने र भविष्यमा नेपालमा तस्करी हुने कुराको अन्त्य गर्नुपर्छ भन्ने हिसावले हामिले यो माग गरेका हौं । यसमा सरकार कसरी प्रस्तुत हुन्छ, आउने मितिले धेरै कुराको प्रभाव हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?