+
+

नेपाली संगीतलाई विश्वबजारसँग जोड्नुपर्छ : मन्त्री किराती

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते ११:३१
फाइल तस्वीर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संगीत उद्योगको विकासका लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल म्युजिक भिडियो निर्देशक समाजको साधारणसभा तथा श्रष्टा सम्मान कार्यक्रममा उनले संगीत उद्योगले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिन सक्ने बताए ।

मन्त्री किरातीले विश्वबजारमा नेपाली मौलिक संगीतलाई चिनाउन आवश्यक रहेको धारणा राखे । ‘गीत संगीतमा सीमाना हुँदो रहेनछ । तर सीमाना पृथ्वीमा छ । सीमाना मान्छेमा छ, यो कसले लगायो ? यी सबै ठूलाठालुहरुले लगाए,’ उनले भने, ‘पृथ्वीमा पहिले माटो पनि साझा नै थियो । यहाँको हावा पनि साझा नै थियो । यहाँको घामा साझा थियो । तर मान्छेमा सीमामा लाग्दै गयो । श्रष्टाहरु समाजको अगुवा हो । श्रष्टाहरुलाई समाजको अग्रदस्ता हुन् ।’

श्रष्टाहरुले समाज परिवर्तनदेखि ठूलाठूला योगदान गर्ने भन्दै संगीत र सांस्कृतिक क्षेत्रले कतिपय देशमा ठूलो आर्थिक योगदान गरेको बताए । ‘नेपालमा पनि संगीत उद्योगबाट महत्वपूर्ण टेवा दिन्छ, सरकारले यो बाटोमा पाइला चाल्नुपर्नेछ । अगाडि बढ्नुपर्नेछ तर अहिलेसम्म अगाडि बढेन,’ उनले भने, ‘मौलिक गीत-संगीतको क्षेत्रमा घोत्लिएर योगदान गर्नुपर्छ । हामीले समाजलाई मात्र होइन, विश्वबजारसँग जोड्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?