+
+

ऐलानी जग्गामा बनेको कवाडी संकलन टहरा महानगरले भत्कायो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १४:४५

५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिलको गंगाहिटीमा रहेको ऐलानी जग्गामा रहेका कवाडी संकलन टहरा भत्काएको छ ।

सम्बन्धित पक्षले टहरा हटाउन अटेर गरेपछि डोजर चलाएर भत्काउने काम भएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिए । महानगरले टहरा हटाउन सम्बन्धित पक्षलाई  पटक–पटक सूचना गरेपनि अटेर गरेपछि बाध्य भएर डोजर चलाउनु परेको उनको भनाइ छ ।

५ महिना अघि महानगरले ऐलानी/पर्ती जग्गामा बनेका अनधिकृत संरचना हटाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार महानगरले अनधिकृत संरचना हटाउन  सरोकार पक्षलाई पत्राचार गर्दै आइरहेको महानगरले बताएको छ ।

‘३ दिन अगाडि पनि हामीले हटाउन भनेका थियों । तर, हटाउने काम नभएपछि डोजर चलाएका हौं । टहरा हटाउन ४ पटक भन्दा बढी समय दिइसकेका थियौं’ भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?