+
+

स्कुलभित्र पसेको भैंसी समात्न प्रहरीले बोलायो वनको टोली

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १०:१०
स्कुलभित्र प्रवेश गरेको भैंसी ।

६ भदौ, काठमाडौं । बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसी नियन्त्रणमा लिन प्रहरीले वन कार्यालयको टोलीलाई निम्ताएको छ ।

डिभिजन वन कार्यालयका वन अपराध नियन्त्रण  इकाइ अधिकृत अशोक पराजुलीका अनुसार प्राविधिक टोलीले डार्ट गरेर भैंसीलाई नियन्त्रणमा लिने तयारी भइरहेको छ ।

भैंसी विद्यालयभित्र छिरे पछि विद्यालयले आज भुईंतलामा विद्यार्थीहरुलाई राखेको छैन । भुईंतलामा रहेका कक्षामा पढ्ने सबै विद्यार्थीहरुलाई माथिल्लो तलामा सारिएको छ ।

बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । आतंकित जस्तो देखिने उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको थियो ।

भैंसी विद्यालय परिसरभित्र रहेको गाडी राख्ने ग्यारेजमा शान्तपूर्वक बसिरहेको छ । यद्यपि फेरि आतंक फैलाउने डरले टेबुल/कुर्सिले घेरा बनाएर सशस्त्र र नेपाल प्रहरीको टोलीले निगरानी गरिरहेका छन् । ‘ग्यारेज स्कुलको अलि कुनातिर छ, भैंसी त्यहीँ बसिरहेको छ,’ नयाँबानेश्वरका डिएसपी निशान्त श्रीवास्तवले भने, ‘वनको प्राविधिक टोली भैंसी नियन्त्रणमा लिन स्कुलमा आइपुगेको छ ।’

भैंसी नियन्त्रणमा लिन नसकेपछि महानगरपालिका र प्रहरी टोलीले वन कार्यालयमा खबर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?