+
+

गुल्मीको मालिकामा भैंसीलाई सुत्केरी भत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १४:३५

१३ चैत, काठमाडौं । गुल्मीको मालिका गाउँपालिकामा पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता दिइने भएको छ ।

मालिका गाउँपालिका-८ कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै सुत्केरी भत्ता प्राप्त गर्न पशुपालक कृषकबाट निवेदन माग गरेको हो ।

१ साउन २०८० यता भ्याएका भैसी पालक कृषकले निवेदन दिन सक्ने भएका छन् । कार्यालयका अनुसार कृषकको घरमै जन्मेको भैंसीको पाडी पहिलो बेत घरमै ब्याएको हुनुपर्ने छ ।

कम्तिमा तीन जना छिमेकी साँची बसेर मुचुल्का गनुपर्ने समेत कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूचना :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?