+
+

प्रबल गुरुङको डिजाइनमा सजिइन् लेडी गागा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १३:१५

काठमाडौं । अमेरिकी प्रथम महिलादेखि बेलायती राजकुमारीसम्म, हलिउडदेखि बलिउडसम्म नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनलाई संसारका चर्चित सेलिब्रिटीले पहिरिएका छन् ।

गुरुङको पहिरन पहिरिने ए–लिस्टर सेलिब्रिटीको सूचीमा लेडी गागा थपिएकी छन् । यी पपस्टार तथा हलिउड अभिनेत्रीले शनिबार राति अमेरिकाको लस भेगासस्थित रेसिडेन्सीमा आयोजित जाज–पियानोको डल्बी लाइभ समारोहमा प्रबलको पहिरन लगाएर प्रस्तुति दिएकी थिइन् ।

प्वाँख र क्रिस्टलले बनेको सिल्क लेमी गाउनमा उनी सजिएकी थिइन् । जसलाई गुरुङले इन्स्टाग्राममार्फत सेयर गरेका छन् । गत साता प्रबलको सन् २०२३ को फल कलेक्सनमा हलिउड अभिनेत्री जेसिका चेस्टेन पनि सजिएकी थिइन् । चेस्टेनले नेभी ब्लु ब्लेजर र पाइन्ट लगाएर न्युयोर्कमा हिंडिरहेकी थिइन् ।

प्रबलको फ्यानका अर्को नयाँ खबर छ, आगामी १४ जनवरीमा प्रबलले बलिउड फिल्म निर्माता तथा निर्देशक करण जोहरसँग ‘बलिउड एण्ड बियोण्ड’ नामक छलफल सत्र चलाउँदैछन् । यसका लागि करण जोहर न्युयोर्क जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?