+
+

मतदातालाई मन्त्री किरातीको ३ प्रश्न : हामीले के गर्नुपर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते २०:५०

१७ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रको तीन महिने विशेष अभियानमा खटिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जनतासँग तीन प्रश्न सोध्दै सुझाव संकलन सुरु गरेका छन् । ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानमा मोरङ बेलबारी नगरपालिका– ३ मा खटिएका उनले लिखित प्रश्नसहित सुझाव संकलन गरेका हुन् ।

जनताबाट सुझाव संकलन गर्नका लागि तीन प्रश्न समेटिएको ‘सुझाव पत्र’ वितरण गरिएको उनले उनले बताए । ‘चुनावको बेला हामीले भोट दिनुहोस्, सरकारमा पुगेर सेवा गर्छौ भनेका थियौ,’ उनले भनेका छन्,‘तपाईहरुले भोट दिनुभयो, हामी सरकारमा पुगेका छौं, अब तपाईहरुले भन्नुपर्‍यो, लिखित रुपमा भन्नुपर्‍यो हामीले के गर्नुपर्छ ? सरकारले के गर्नु पर्छ ? हामी तपाईहरुको सुझाव अनुसार नै काम गर्ने छौं ।’

‘भ्रष्टाचार विरुद्धको अभियानको राम्रो पक्ष र कमीकमजोरी के देख्नुभएको छ ? अब कसरी काम गर्दा राम्रो होला ?’ भन्दै मन्त्री किरातीले सुझाव दिनका लागि जनतालाई प्रश्नसहितको सुझाव पत्र वितरण गरेका छन् ।

भ्रष्टाचारविरुद्धको अभियान बारेमा पहिलो प्रश्न सोधेका उनले ‘सरकारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, संस्कृति, उड्डयन, सडक, जलविद्युत लगायत महत्वपूर्ण विषयमा केके काम गर्नुपर्ला ? कसरी गर्नुपर्ला ? हाम्रो कमजोरी केके देख्नुभएको छ ?’ भन्दै दोस्रो प्रश्न गरेका छन् ।

‘नेपालका राजनीतिक दलहरु, त्यसमा पनि माओवादी केन्द्रको राजनीतिक भुमिकामा भएको बलियो पक्ष र कमजोरीहरु केके देख्नुभएको छ ? के कसरी सच्याउनुपर्छ ? केके कुरा सच्याउनुपर्छ ?’ भन्दै तेस्रो प्रश्न गरेका छन् ।

तीन महिने अभियानका क्रममा पाँच हजार जनतासँग सुझाव लिने उनको योजना छ । सुझावहरु संकलन गर्न तयार पारिएको सुझव पत्रमा प्रश्नसँगै उत्तर लेख्यनका लागि खााली ठाउँ पनि छाडेका छन् । यसरी संकलन भएको सुझावलाई राज्य सञ्चालनका क्रममा प्रयोग गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?