+
+

जीटीभी-सारेगमपकी विजेता जेट्सिन डोना लामाले काठमाडौंमा च्यारिटी कन्सर्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते १७:३६

काठमाडौं । भारतीय गायन रियालिटी शो ‘जीटीभी-सारेगमप लिटिल च्याम्प’की विजेता जेट्सिन डोना लामाले असोज ६ गते ललितपुरको गोदावरी सनराइज हलमा कन्सर्ट गर्ने भएकी छन् । च्यारिटी उद्देश्यले साधना कला केन्द्रले कन्सर्ट गर्न लागेको हो ।

आयोजकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी दिएको हो । केन्द्रका अध्यक्ष मिलन मोक्तानले काठमाडौंको कपनमा रहेको बाल अपांग टेवा संस्थाको सहयोगार्थ कन्सर्ट गर्न लागिएको बताए ।

‘बाल अपांग टेवा संस्थामा आश्रित बालबालिकालाई विद्यालय जान समस्या भएको पायौं । ह्वीलचेयरमा उनीहरु विद्यालय जान सक्ने अवस्था देखिएन । यो कार्यक्रमबापत उठेको रकमको केही प्रतिशतले उनीहरुलाई गाडी वा भ्यान किन्ने उद्देश्य हो,’ मिलनले भने ।

कन्सर्टमा नेपालकै १० जना संगीतवादकको सहभागिता रहने जनाइएको छ । ‘उनले १२ हिन्दी गीत गाउनेछिन् । नेपाली गीतको हकमा ओएसआर डिजिटलबाट सार्वजनिक भएका गीत गाउनेछिन्,’ मिलनले भने । कार्यक्रममा नेपाली अपांग बालबालिकाहरुले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

बाल अपांग टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पाले संस्थाको सहयोगका लागि सांगीतिक कार्यक्रम गरिनु खुसीको कुरा भएको बताए । आयोजकका अनुसार जेट्सन यही सेप्टेम्बर १७ तारिखमा नेपाल आउनेछिन् ।

कार्यक्रममा प्रत्यक्ष भिडियो संवादमा बोल्दै गायिका जेट्सिनले नेपालमा कन्सर्ट गर्न आउन लाग्दा उत्साहित भएको बताइन् । आफू गायक सबिन राई, १९७४ एडीलगायतका व्याण्डको फ्यान भएको उल्लेख गर्दै उनले ‘यो मन त नेपाली हो’ र ‘प्यार जिन्दगी’ बोलको गीत सुनाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?