+
+

‘मायावी’मार्फत अभिनयमा कमब्याक गर्दै करिश्मा श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते ११:३७

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘मायावी’मा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन् । फिल्मको शीर्ष भूमिकामा पल शाह, सुशील सिटौला यसअघि नै अनुबन्धित भइसकेका छन् ।

पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान हन्ट इन्टरनेसनल नेपाल २०१६’ का विजेता समिम खान पनि फिल्मसँग जोडिएका छन् ।

‘एउटा साथी’बाट रजतपटमा डेब्यु गरेकी करिश्माले यसअघि ‘लभ सब’ र ‘बाबु कान्छा’मा अभिनय गरेकी छिन् । त्यसयता कुनै पनि फिल्ममा अभिनय नगरेकी करिश्माले लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमव्याक गर्न लागेकी हुन् ।

करिश्मासहित अभिनेता राजाराम पौडेल र पाका फिल्म निर्देशक उज्वल घिमिरे पनि अभिनेताको रुपमा अनुबन्धित छन् । फिल्ममार्फत अभिनेता राज कटुवाल निर्माताका रुपमा फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् । निर्देशक भट्टराई स्वयंको कथा रहने यो फिल्म क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको हो ।

फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डीओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए । दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?