+
+

भिस्तारा एयरले अब काठमाडौं–दिल्ली–हङकङ उडान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १२:२५

१ असोज, काठमाडौं । भारतीय निजी लगानीको एयरलाइन्स कम्पनी भिस्ताराले अब काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान गर्ने भएको छ । भिस्तारले आगामी १५ कात्तिकदेखि काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्ने योजना सार्वजनिक गरेको हो ।

उडानका लागि भिस्ताराले ए३२० न्यारोबडी जहाज प्रयोग गर्ने भएको छ । यात्रुले मोबाइल एप्स, वेबसाइट र ट्राभल एजेन्सीमार्फत टिकट बुकिङ गर्न सक्नेछन् ।

एयरलाइन्सका नेपालस्थित कार्यकारी अधिकृत प्रशन्न अधिकारीले भिस्ताराले आगमी १५ कात्तिकदेखि काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्न लागेको जानकारी दिए ।

यात्रुलाई सुरक्षित र आरमदायी हवाई यात्रा उपलब्ध गराउनु भिस्ताराको मुल लक्ष्य रहेको भन्दै उनले यसै अनुसार काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान गर्न लागेको उनले जनाए ।

काठमाडौंबाट दिल्ली हुँदै हङकङ र हङकङबाट दिल्ली हुँदै काठमाडौं आउजाउ गर्न चाहने यात्रुका लागि यो सुविधा लाभकारी हुने उनले बताए ।

भिस्ताराले हाल काठमाडौं–दिल्ली नियमित उडान भर्दै आएको छ । यात्रुका लागि भिस्ताराले २५ देखि ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

एयरलाइन्सले ‘स्पा’ सुविधा होटल सोल्टी र र्‍याडिसनस्थित ‘ट्रयाङ्कुलिटी स्पा’मा उपलब्ध गराउँदै आएको छ ।

एयरलाइन्समा स्थापित भारतीय कम्पनी टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी छ । नेपालसहित यसले विश्वका विभिन्न ३० गन्तव्य स्थानमा नियमित उडान भर्दै आएको छ ।

एयरलाइन्सले विद्यार्थीका लागि २० किलोसम्मको ‘लगेज’ लैजाने सुविधा निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?