+
+

प्रधानसेनापतिले सार्वजनिक गरे गीत ‘वीर नेपाली सेना’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते ११:३७

काठमाडौं । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको लेखनमा ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको सांगीतिक भिडियो सार्वजनिक भएको छ । जंगी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले गीत सार्वजनिक गरे ।

राजेन्द्र बजगाईंको संगीतमा तयार भएको गीतमा मुलुक निर्माण र गौरव कायम राख्नका लागि सेनाले दिएको योगदानको चर्चा गरिएको छ । गीता पाण्डे र सुवास तिम्सिनाको स्वर समावेश गीतमा नारायण थापा, रविन्द्र लामिछाने, राजकुमार आले मगर, राजिव परियार र हेमन्त रामजेली मगरको कोरस गायन छ ।

गीतकार श्रेष्ठले कार्यक्रममा नेपाली सेनाले स्थापना कालदेखि अनवरत रूपमा कुनै पनि स्वार्थ नराखी देश र जनताको सेवा गर्दै आइरहेको बताए । ‘नेपाली सेनाले स्थापना कालदेखि नै देशको सेवामा पु¥याएको योगदानको चर्चा गर्न मन लागेकाले गीत लेखेको हुँ’ उनले भने, ‘अहिले सूचना र सञ्चारको युग भएकाले नेपाली सेनाको योगदानलाई शब्दमार्फत गीतमा ल्याएको हुँ ।’

गीतकार एवं प्राध्यापक हेम भण्डारीले गीतमा नेपाली सेनाको परिचय, योगदान र विशेषता समेटिएको टिप्पणी गरे । गीतको भिडियोमा नेपाली सेनाले गरेको योगदानलाई प्रस्तुत गरिएको छ । सेनानी विशेष पौडेलले निर्देशन गर्नुभएको गीतको भिडियोलाई प्रकाश हुमागाईं र किशोर डङ्गोलले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?