+
+

भारत-क्यानडाको तनावबीच शुभनीत सिंहको कन्सर्ट रद्द

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते १६:५०

काठमाडौं । भारत र क्यानडाबीचको कूटनीतिक तनावका बीच पञ्जाबी मूलका क्यानडेली गायक शुभनीत सिंह ‘शुभ’को भारतको कन्सर्ट रोकिएको छ । अनलाइन टिकेटिङ प्लेटफर्म बुक माइ शोले कन्सर्ट रद्द गरेको घोषणा गरेको छ ।

साथै, कन्सर्टका प्रायोजक अमन गुप्ताले पनि टुरबाट हात झिकेको घोषणा गरेका छन् । खालिस्तानी पृथकतावादीलाई सघाएको भन्दै आलोचना खेपिरहेको बुक माइ शोले बुधबार कन्सर्ट स्थगित गरेको हो ।

शोका लागि टिकट खरिद गरेका दर्शकलाई शुल्क फिर्ता दिने समेत प्लेटफर्मले उल्लेख गरेको छ । यसैबीच, गायक शुभले खालिस्तान अतिवादलाई मद्दत मिल्ने गरी यस वर्षको सुरुमा अभिव्यक्ति दिएको पाइएकाले कन्सर्टको प्रायोजकबाट आफू पछि हटेको अमन गुप्ताको कम्पनी बोटले उल्लेख गरेको छ ।

साथै, गायक शुभलाई भारतीय क्रिकेटरहरु विराट कोहली, केएल राहुल लगायतले अनफलो गरेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

क्यानडेली नागरिक भनिएका हरजीत सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको अभिव्यक्ति क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोल संसदमा दिएपछि दुई मुलुकबीच तनाव चुलिएको छ । तनाव चुलिंदै जाँदा दुवै मुलुकले एकअर्काविरुद्ध ट्राभल एड्भाइजरी समेत जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?