+
+

मण्डनदेउपुरमा भोलि ‘थकाइ’ बिदा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते १९:५३

३ असोज, काठमाडौं । काभ्रेको मण्डनदेउपर नगरपालिकाले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ ।

आठौं संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।

‘तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालयहरु, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी संस्थाहरुलाई बिदा गरिएको छ’, नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

मण्डनदेउपुर नगरपालिका पुरानो कार्यालयबाट नयाँ भवनमा सरेको छ । कार्यालया सार्नेक्रममा ३ दिनदेखि कर्मचारी खटिएका थिए । आज संविधान दिवसका दिन पनि उनीहरु दिनभर नै कार्यालय सार्ने र व्यवस्थापन गर्ने काममा खटिएका थिए ।

नगरपालिकाका प्रवक्तासमेत रहेका ३ नम्बर वडाध्यक्ष पुरुषोत्तम बजगाईँले कार्यालय सार्दा कर्मचारी र विद्यालयका शिक्षकहरु दिनभरी खटिएकोले भोलि बिहीबार थकाइ बिदा दिन लागेको बताए । ‘उहाँहरु दुई–तीनदेखि खटिरहनुभएको छ, नियमित काम गरिरहनु भन्न पनि सकिएन,’ उनले अनलाइनखबरसँग भने, ‘भोलि एकदिन थकाइ मार्न दिनुपर्छ भनेर बिदा दिइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?