+
+

आशा लघुवित्त :  ब्याज आम्दानी ७१ प्रतिशत बढ्दा नाफा जम्मा १७ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते ९:२९

२४ वैशाख, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको खुद ब्याज आम्दानी ७१ प्रतिशतले बढ्दा पनि  खुद नाफा भने जम्मा १७ प्रतिशत बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी चालु आवको तेस्रो त्रैमासमा ३१ करोड ६२ लाख रुपैयाँ छ, पहिले १८ करोड ४३ लाख थियो । तर कम्पनीको खुद नाफा भने १७ प्रतिशत मात्रै बढेको हो ।

कम्पनीले कर्मचारीको तलब, बोनस लगायतका अरु सुविधाको खर्च नै भारी मात्रामा बढाएपछि आम्दानीअनुसार नाफा बढ्न नसकेको हो । कम्पनीले चालु आवको तेस्रो त्रैमासमा मात्रै २७ करोड २२ लाख रुपैयाँ कर्मचारीको तलब, बोनस लगायतमा खर्च गरेको छ, जबकि गत वर्ष यस्तो खर्च जम्मा ११ करोड १२ लाख मात्रै थियो । वर्षमै २.४ गुणाले यस्तो खर्च बढेपछि आम्दानीअनुसार नाफा नबढेको हो ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ मात्रै छ, पहिले यस्तो आम्दानी ११ रुपैयाँ ५५ पैसा थियो । चैतसम्म कम्पनीको वितरणयोग्य नाफा १२ करोड ३३ लाख रुपैयाँ छ । यसको निष्क्रिय कर्जा ४.९५ प्रतिशत छ, पहिले ४.९३ प्रतिशत थियो । यो कम्पनीको सेयर मूल्य आइतबार बजार बन्द हुँदा ७९० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?