+
+

सडक डिभिजनले भन्यो– बालेनसँग रिङरोड नभएर न्युरोडको विवाद हो, नसच्चिए प्रतिकार हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १२ गते २२:३३

१२ जेठ, काठमाडौं  । सडक विभाग अन्तर्गतको सडक डिभिजन काठमाडौंको गेटमा काठमाडौं महानगरले फोहोर थुपारेपछि दुवै पक्ष वादप्रतिवादमा उत्रिएका छन् । शनिबार साँझ महानगरले डिभिजन कार्यालयअगाडि फोहोर फालेको थियो ।

महानगरले अगाडि बढाएको काममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ठाडो आदेशमा काम रोकिएकाले ‘धुलो उपहार पठाएको’ महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत बताएका थिए ।

यता, महानगरले गेट अगाडि फोहोर फालेपछि सडक डिभिजन प्रतिवादमा उत्रिएको छ । शनिबार राति विज्ञप्ति जारी गर्दै काठमाण्डौ महानगरको कदमलाई अराजक व्यवहार भनेको छ । विभागको अनुमतिबिना सडकको चौडाइ घटाउने काम गरेको र त्यसमा रोक लगाउँदा विषयान्तर गरेर रिङरोडको विषयलाई जोडेको डिभिजन कार्यालयले स्पष्टीकरण दिएको छ ।

सडक डिभिजन काठमाडौंले विवादको चुरो रिङरोड नभई न्युरोड क्षेत्रको बाटो भएको जनाएको छ । न्युरोड क्षेत्रमा मोटर गुड्ने पिच बाटो घटाएर पैदलयात्रीका फुटपाथ बनाउन भन्दै महानगरले शनिबार दिउँसो १२ बजे सडक काट्न सुरु गरेको थियो । सडक काटेर स्टान्डर्ड चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक लगाएपछि महानगर आक्रोशित बनेको हो ।

शुक्रबारमात्रै डिभिजन प्रमुख र महानगरका मेयर बालेनबीच आपसी सहकार्य गर्ने विषयमा छलफल भएको खुलाउँदै कार्यालयले आफ्नो अधिकारक्षेत्रभित्र नपर्ने विषयलाई लिएर अराजक गतिविधि गरे प्रतिवादमा उत्रिने चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?