News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री वालेन्द्र शाहले ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा भाग लिन न्यूयोर्कमा महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुभएको छ।
- महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो।
- प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालमा आएको बाढी र जलवायु न्यायको विषय उठाउने बताइएको छ।
८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेरमा सम्बोधन गर्दैछन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले केहीबेरअघि महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका थिए ।
महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताए। उनले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त पनि गरे ।
प्रधानमन्त्री शाहले नेपालमा आएको बाढी र जलवायु न्यायको विषय उठाउने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4