+
+
Shares

प्रधानमन्त्रीले जलवायु न्यायका लागि राष्ट्रसंघ महासभामा उठाउँदैछन् ५ विषय

नेपालले संयुक्त राष्ट्रसंघको महासभामा नगन्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नुपरिरहेको विषयलाई प्रस्तुत गर्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १७:२१

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु र त्यसबाट सिर्जित प्रकोपको विषयमा पाँचवटा विषयमा विश्वको ध्यानाकर्षण गराउने भएका छन् ।

सेप्टेम्बर २४ मा उनले महासभामा सम्बोधन गर्ने तय भएको छ । उक्त सम्बोधनमा मुख्य रुपमा प्रधानमन्त्रीले फोकस गर्ने विषयबारे परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रधानमन्त्रीले जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नुपरेको जनधनको ठूलो क्षति बारे विश्वसमुदायको ध्यानाकर्षण गर्ने छन् ।

नेपालले नगन्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नुपरिरहेको विषयलाई प्रस्तुत गर्नेछन् ।

यस सन्दर्भमा नेपालले हानी नोक्सान कोष लगायतका निकायबाट तत्कालै र उचित क्षतिपूर्ति प्राप्त गर्ने जस्ता जलवायु न्याय सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने परराष्ट्रले जानाएको छ ।

नेपालमा जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्न, जलवायु चुस्त कृषि प्रवर्द्धन गर्न र सरोकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन धनी र विकसित मुलुकहरूलाई अपिल गर्नेछन् ।

नेपालले प्रकृति-मैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी जङ्गल, विशाल हिमालय क्षेत्र र बृहद् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षण र प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको बारेमा जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?