+
+
Shares

कांग्रेसको अवरोधलाई चिरेर संसद अगाडि बढ्छ : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १२ गते १९:५१

१२ जेठ, चितवन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले संसदमा अहिले गरिरहेको अवरोध अन्त्य गरेर सदन सञ्चालन गर्ने बताएका छन् ।

एमालेको चितवन जिल्ला कमिटीको ११ औं अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेसले संसदमा गैरप्रजातान्त्रिक र असंसदीय चरित्र देखाएको टिप्पणी गरे ।

कांग्रेस अहिलेको सत्ता गठवन्धनबाट अत्तालिएको भन्दै पौडेलले २०८४ को निर्वाचन अगाडि कांग्रेस सत्तामा फर्किने कुनै सम्भावना नरहेको बताए ।

‘अहिलेसम्म कांग्रेस प्रतिपक्षमा बसेर चुनाव लडेको छैन, चुनाव आउँदा जहिल्यै कांग्रेस सत्तामा छ, उसलाई पहिलोपटक प्रतिपक्षमा राखेर निर्वाचन लड्न सिकाउनुपर्ने छ उसँग अनुभव पनि छैन’, उपाध्यक्ष पौडेलले भने, ‘एमाले पटकपटक विपक्षीमा बसेर चुनाव लडेर पनि आफूलाई स्थापित गरेको दल हो, अबको निर्वाचनमा कांग्रेसको पालो हो ।’

एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कांग्रेसको सदन अवरोधबाट संवैधानिक वाध्यता भएका विषयहरु समेत समस्यामा परेको बताए । उनले आगामी जेठ १५ गते सरकारले बजेट ल्याउनुपर्ने बाध्यता रहेको भन्दै कांग्रेसले अवरोध गरे नारावाजीका बीच वा अध्यादेशबाट बजेट आउने बताए ।

शनिबार सुरु भएको एमालेको चितवन जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै जेठ १४ गते सकिने छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।

जिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको छ । त्यसमा १० प्रतिशत पछि मनोनित गर्न सकिने व्यवस्था छ ।

अधिवेशनमा जिल्लाका सात पालिका, विभिन्न जनवर्गीय संगठन, सम्पर्क मञ्च लगायत गरी ७३२ जना र २९ मनोनित गरी ७६१ जना प्रतिनिधि सहभागी छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमलराज पाठक लगायतले आकांक्षा राखेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?