+
+

साफ यू-१९ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १९:३४

८ असोज, काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसाग खेल्ने भएको छ ।

समूह बीको अन्तिम खेलमा भुटानलाई २-१ ले पराजित गर्दै भारत समुह विजेता बनेपछि नेपाल र भारतको भेट सेमिफाइनलमा हुन लागेको हो । आज सोमबार भएको पहिलो खेलमा माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल समूह उपविजेता भएर सेमिफाइनलमा पुगेको थियो ।

बुधबार हुने अर्को सेमिफाइनलमा पाकिस्तान र भुटानले खेल्ने छन् ।

सोमबार भएको दोस्रो खेलमा पहिलो अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा भुटान पराजित भयो ।

खेलको २० मिनेटमा जिग्मे नाङ्मेलले कप्तान पेमा ग्याङ्पोको फ्रि किकमा आएको बलमा गोल गर्दै भुटानलाई अग्रता दिलाए थिए ।

तर ३६ मिनेटमा गोयमसर गोयारीले गोल गर्दै भारतलाई बराबरीमा ल्याए । पहिलो हाफ १-१ गोल भएको खेलको  ६४ मिनेटमा भारत यश चिक्रोको कर्नरमा पेनाल्टी बक्स बाहिरबाट रिकि मेताई होबामको गोल गरे ।

त्यसपछि दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेनन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?