+
+

सर्खेतमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, कर्णाली राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १३ गते १०:३९

१३ असोज, सुर्खेत । मोटरसाइकलको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ ।

वीरेन्द्रनगर-३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्कर दिंदा दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृतक बालक वीरेन्द्रनगर-३ भैरवस्थानमा मामाको घरमा बसेर एलकेजीमा पढ्दै आएका थिए ।

दुर्घटनालगत्तै मोटरसाइकल चालक फरार छन् । मोटरसाइकल नम्बर नखुलेकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै गोकुल कटेज नजिकै कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?