+
+

यसपालिको एसईई चैतको पहिलो हप्तादेखि हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते २०:१५

१५ असोज, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा-१०) ले शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय गरेको छ ।

कार्यालयले वार्षिक कार्यातालिका सार्वजनिक गर्दै कक्षा १० को माध्यामिक शिक्षा परीक्षा चैत पहिलो हप्तादेखि वार्षिक परीक्षा सञ्चालन गर्ने र २०८१ असार दोस्रो हप्ता नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

कार्यालयले प्रकाशन गरेको कार्यतालिका अनुसार माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, कातिक मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण गर्ने, मंसिर मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने, कातिक मसान्तसम्म २०७९ को रजिष्ट्रेसन फाराम इन्ट्री हुनेछ ।

त्यस्तैगरी पुस मसान्तसम्म २०८० सालको कक्षा १० को आवेदन फाराम इन्ट्री, २०८० सालको कक्षा ९ को रजिष्ट्रेसन फाराम इन्ट्री २०८१ को असार मसान्तसम्म, परीक्षा निर्धारण २०८० को माघ पहिलो हप्ता, सिम्बोल नम्बर कायम गर्ने माघ पहिलो हप्ता, परीक्षा केन्द्र इन्ट्री र रुजु माघ मसान्तसम्म, २०८० सालको आन्तरिक÷प्रयोगात्मक अंक फागुन मसान्तसम्म पठाउने तालिका बनाएको छ । पुरक परीक्षा २०८१ को साउन तेस्रो हप्तामा सञ्चालन हुने जनाएको छ ।

कार्यातालिका अनुसार यो वर्ष विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण २०८१ वैशाख/जेठमा प्रदेश परीक्षण केन्द्रले गर्नेछ । तर, संसदमा पेश भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा भने एसईई नहुने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?