+
+

१९औं एसियाली खेलकुद : कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज १७ गते ९:४८

१७ असोज, हान्झाउ । बुधबार नेपाली मिहला कबड्डी टोलीको खेल थिएन तर इरान र बंगलादेशबीचको खेलमा नजर भने थियो ।

दुई दिनअघि नै नेपालले बंगलादेशलाई १९औं एसियाडको पहिलो खेलमा पराजित गर्दै लगभग पदक पक्का गरिसकेको थियो । तर, निश्चित भने भइसकेको थिएन ।

मंगलबार नेपाल दोस्रो खेलमा अघिल्लो संस्करणको स्वर्णधारी बलियो टोली इरानसँग पराजित भयो । तैपनि नेपालको पदक सम्भावना बाँकी नै थियो ।

चीनको हान्झाउमा जारी १९औं एसियाडमा बुधबार इरानले बंगलादेशलाई पराजित गरेपछि भने नेपालले पदक जित्ने पक्का भएको हो ।

पहिलो पटक एसियाडमा सहभागी भएको महिला कबड्डी टिमले पदक पक्का गरेपछि नेपाल पदकविहीन अवस्थामा गुज्रिनु परेन ।

२९ खेलमा २५३ खेलाडी उतारेको नेपालले १२ दिनसम्म आइपुग्दा अन्य कुनै खेलबाट पदक जित्न सकको थिएन । आशा करिएका बक्सिङ र तेक्वान्दोबाट नेपाल निराश हुँदा करातेको खेल भने हुन बाँकी नै छ ।

बुधबार जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा इरानले बंगलादेशलाई ५४-१६ ले पराजित गरेपछि नेपाल समूह बी को उपविजेता हुँदै सेमिफाइनल पुगेको हो । इरान दुवै खेल जितेर समूह विजेता बन्यो ।

नेपालले पहिलो खेलमै बंगलादेशलाई ३७-२४ ले पराजित गर्दै पदकको नजिक पुगिसकेको थियो । अर्को खेलमा नेपाल इरानसँग ४३-१९ ले पराजित भए पनि नेपालको सम्भावना बाँकी नै थियो । अन्तिम खेलमा इरान विजयी भएपछि नेपालले सेमिफाइनल पुग्दै कम्तीमा कांस्य पदक पक्का गरेको हो ।

नेपालको सेमिफाइनल प्रतिद्वन्दी भने आज बेलुकासम्म थाहा हुनेछ । समूह ए मा भारत र थाइल्याण्ड तथा दक्षिण कोरिया र चाइनिज ताइपेईको खेलपछि नेपालले सेमिफाइनल खेल्ने टिम टुङ्गो लाग्नेछ ।

नेपालको महिला कबड्डी टिमले पहिलो पटक एसियाड खेलेको हो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?