+
+

सिक्किममा बाढीमा बगेर २३ सैनिक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १२:४३

१७ असोज, काठमाडौं । भारतको सिक्किममा टिष्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक बेपत्ता भएका छन् ।

बेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् ।

सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका कारण र चुङथाङ बाँधबाट पानी छाडिएका कारण तटीय क्षेत्रमा १५–२० फिटसम्म सतह बढेको थियो ।

बारदाङमा रहेका सैनिकहरु बाढीबाट प्रभावित भएको र राति करिब साढे १ बजेतिर २३ जना सैनिकहरु बगेर बेपत्ता भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?