+
+

लाइभ पेन्टिङ गर्न खोटाङमा भेला भए १४ देशका ४० कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १२:२७

काठमाडौं । १४ मुलुकका ४० भन्दा बढी कलाकार खोटाङ पुगेका छन् । बुधबारदेखि सुरु भएको ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी’मा भाग लिन उनीहरु त्यहाँ पुगेका हुन् । कलाकारलाई खोटाङमा भव्य स्वागत गरिएको छ ।

जिल्लावासीले १४ वटै देशको झण्डा फहराएर नृत्य प्रस्तुत गरे । बिहीबारदेखि कलाकारको यात्रा सुरु भएको छ । उनीहरुले जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्र डुलेर त्यहाँका दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्नेछन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा अन्तर्राष्ट्रिय लाइभ पेन्टिङ कार्यशाला सुरु भएको हो । धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।

नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लात्भिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट कलाकार आएका छन् । बुधबारदेखि सुरु भएको कार्यक्रम २१ असोजसम्म चल्नेछ ।

यसरी तयार पारिएका चित्रलाई असोज २० गते दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा प्रदर्शन गरिनेछ । उक्त अवसरमा गायक राजेशपायल राईले सांगीतिक प्रस्तुति दिनेछन् । गायक राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सद्भावना दूत समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?