+
+

वीरमा उपचारका लागि माननीयहरुको ताँती लागेको छ : स्वास्थ्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १९:४७

१८ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुुर बस्नेतले वीर अस्पतालमा विशिष्ट र अतिविशिष्ट व्यक्तित्व उपचारका लागि आउने क्रम बढेको दाबी गरेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दिक्षान्त समारोहमा स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालले धेरै सुधारका कामहरु अगाडि बढाएको बताए । आफू विदेशमा गएर बोल्दापनि वीर अस्पतालको नाम लिन थालेको भन्दै उनले भने, वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताती लागिरहेको छ ।’

वीरमा आठ बजेबाट ओपीडी सेवा पनि शुरु भएको र भीआईपीहरुको उपचारका लागि १७ जना चिकित्सक छुट्याइएको उनले बताए । अमफू स्वास्थ्यमन्त्री भएर आएपछि हरेक अस्पतालले १० प्रतिशत गरिब र विपन्नहरुका लागि निशुल्क उपचार गर्ने बेड र उपचार सहितको पद्धती थालनी गरेको उनले बताए ।

स्वास्थ्यमन्त्री बस्नेतले अघि भनेका छन्, ‘स्वास्थ्यकर्मीहरुको दरबन्दी पूर्ति हुने प्रकृया शुरु हुन थालेको छ । १७२ जनाको दरबन्दी स्वीकृत भएको छ । डाक्टर, पारामेडिक्स र नर्सीङको क्षेत्रमा अत्यन्तै ठूलो जनशक्ति अभाव भइरहेको हुनाले दरबन्दी सृजना गरेर जाने लगभग सहमति भइसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?