+
+

धनुषामा ट्याक्टरले किच्दा एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते ९:१८

१९ असोज, जनकपुरधाम । धनुषाको बटेश्वरमा ट्याक्टरले किच्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपुर बस्ने वर्ष ४० की रेखा देवी महतो छिन् ।

महतो बिहीबार साँझ ज १० प २५५ नम्बरको मोटरसाइकलमा चढेर माइत जाँदै गरेको बेला विपरीत दिशबाट आउँदै गरेको प्रदेश २–००२– ०१ प ६३६६ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो । लगत्तै पछाडिबाट फलाम बोकेर आउँदै गरेको ज १ त ५३ ५८ नम्बरको ट्याक्टरले रेखालाई किचेको थियो ।

उनलाई उपचारका लागि जनकपुर ल्याउँदै बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए ।

विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलमा सवार बटेश्वर गाउँपालिका ३ का युवक गंगाराम महरा घाइते भएका छन् । उनको उपचार जनकपुरमा भइरहेको छ ।

ट्याक्टर चालक मिथिला नगरपालिका २ नक्टाझिजका प्रमोद ठाकुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?