+
+

बझाङ गए प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते ११:४७
नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । फाइल फोटो

१९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न आज बझाङ गएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट बझाङ गएका उनी आजै बेलुका काठमाडौं फर्किने कार्यक्रम छ ।

भूकम्पले क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने बताए ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा धेरै भौतिक क्षति पुर्याएको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ ।

भूकम्पले घरलगायतका भौतिक संरचनामा धेरै क्षति पुगेको भए पनि एकिन विवरण आइसकेको छैन । सबै पालिकाका सबै वडाहरुबाट विवरण संकलनको काम भइरहेको प्रजिअ पाण्डेयले बताए । विवरण प्राप्त भइसकेपछि प्रभावितहरुको पुनर्स्थापना र पुनर्निर्माणको काम सुरु गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?