+
+

इजरायलमा रहेका नेपालीको सुरक्षाबारे परराष्ट्रमन्त्री र इजरायली राजदूतबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १२:२४

२१ असोज, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् ।

आइतबार मन्त्रालयमा बोलाएर राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणका बारेमा मन्त्री साउदले कुराकानी गरेका हुन् ।

छलफलका क्रममा मन्त्री साउदले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे चासो राखेका उनको सचिवालयले जनाएकोछ ।

जवाफमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिवद्धता जनाएका छन् ।

उनले इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति सरकारलाई धन्यवादसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?