+
+

हमासको कमान्ड सेन्टर भन्दै इजरायली सेना गाजाको अस्पतालमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २९ गते ११:३६

२९ कात्तिक, काठमाडौं । हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजरायली सेना गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ ।

हजारौं बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको दाबी इजरायली सेनाले गरेको छ ।

प्रत्यक्षदर्शीहरुले गाजा शहरको अल–शिफा अस्पतालमा इजरायली हतियारधारी सेना ट्यांकसहित प्रवेश गरेको बताएकाे बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीहरूले अस्पताल परिसरको अवस्थालाई भयावहका रूपमा वर्णन गरेका छन् ।

इजरायल डिफेन्स फोर्स आईडीएफले आफ्नो सेनाले अस्पतालको निर्दिष्ट क्षेत्रमा हमास विरुद्ध सटिक र लक्षित कारबाही गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?