+
+

हमासका नेताले भने– इजरायलसँग सम्झौताको नजिक छौं

हमासले बन्धक बनाएकालाई रिहा गर्ने अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते ११:०६
Photo Credit : REUTERS/File Photo
हमासका नेता इस्माइल हानिया

५ मंसिर, काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलका अधिकारी सम्झौताको नजिक रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । दुवै पक्षलाई वार्तामा ल्याउन कतारले मध्यस्थताको प्रयास गरिरहेको छ ।

हमासका नेता इस्माइल हानियाले रोयटर्ससँग भनेका छन्, ‘हामीले कतार मार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छौं र हामी एक संघर्षविराम सम्झौताको निकट छौं ।’ इजरायलले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

यसअघि थ्याङ्कस गिभिङको एक कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल र हमास सम्झौताको नजिक रहेको संकेत गरेका थिए । इजरायलले आक्रमण रोक्ने र त्यसको बदला हमासले बन्धक बनाएका केहीलाई रिहा गर्नसक्ने बाइडेनको भनाइ छ ।

मानवीय सहायता संगठन रेडक्रस इन्टरनेशनल कमिटी (आईसीआरसी) ले यसअघि हमासको बन्धकबाट छुटेकाहरुलाई सहयोग गरेको थियो । हाल आईसीआरसीका प्रमुख हमासका नेताहरुलाई भेट्न कतारमा रहेका छन् । त्यसैले पनि इजरायल र हमासबीच छिट्टै कुनै सम्झौता हुनसक्ने सम्भावना व्यक्त भइरहेको छ ।

हमासले बन्धक बनाएकालाई रिहा गर्ने अपेक्षा

बीबीसीका जेरुसेलम सम्वाददाताले पनि केही लामो युद्धविरामको बदलामा केही बन्धकहरुलाई छुटाउन डिल भइरहेको बताएका छन् ।

समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै पाँच दिने युद्धविरामको तयारी भइरहेको जनाएको छ । त्यसको बदलामा हमास र प्यालेस्टाइनको अर्को एक चरमपन्थी समूह इस्लामिक जिहादले बन्धक बनाएका ५० देखि १०० जनालाई रिहा गर्नसक्नेछ । रिहा हुनेमा इजरायल र अन्य देशका बन्दीहरु हुनेछन् तर त्यसमा सुरक्षाकर्मीहरु हुने छैनन् ।

गत असोज २० गते हमासले इजरायलमा आक्रमण गर्दा १ हजार ४०० जनाको ज्यान गएको थियो । इजरायलले युद्ध घोषणा गर्दै हमासविरुद्ध हवाई र स्थल कारबाही सुरु गरेको थियो । इजरायलको आक्रमणबाट थुप्रै सर्वसाधारणको मृत्यु भएपछि इजरायललाई युद्ध रोक्न दबाब छ ।

हमासले इजरायलको किबुजस्थित कृषि फार्ममा भएकोे आक्रमणमा परी १० नेपाली विद्यार्थीको पनि मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी सम्पर्कविहीन भएका थिए । उनलाई हमास समूहले अपहरण गरेर बन्धक बनाएको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?