+
+

इजरायल–प्यालेस्टाइन युद्धमा १२ थाई, ४ अमेरिकन मारिएको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १५:२०

२२ असोज, काठमाडौं । प्यालेस्टाइनको विद्रोही सेनाको आक्रमणमा परेर १२ जना थाई नागरिकको मृत्यु भएको छ ।

११ जना थाई नागरिक अपहरणमा परेको रोयटर्सले जनाएको छ । थाइल्याण्डका डेपुटी परराष्ट्र मन्त्री जाकाफोङ साङमाग्नलेलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार ८ जना थाइ नागरिक घाइते भएका छन् ।

यस्तै इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रमा ४ अमेरिकी नागरिक मारिएको सिएनएनले जनाएको छ । स्टेट अफ सेक्रेटरी एन्टोनी ब्लिकेनलाई उद्धृत गर्दै सिएनएनले जनाए अनुसार हराएका र हताहती भएकाहरुको संख्या खोजी भइरहेको छ ।

‘धेरै अमेरिकन मारिएको विवरण आएका छन् । त्यसलाई पुष्टि गर्न लागिरहेका छौं, एन्टोनीले सिएनएनसँग भनेका छन्, ‘हराइरहेका खबर पनि छन्, तिनीहरुलाई पनि पुष्टि गर्न लागिरहेका छौं ।’

इजरायलस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै आवश्यक सहयोगका लागि ‘क्राइसिस इनटेक फर्म’ भर्न आग्रह गरिएको छ । अमेरिकी नागरिकको हताहतीको संख्या निश्चित गर्न लागिरहेको राष्ट्रिय सुरक्षा काउन्सिलले जनाएको छ ।

युक्रेनका दुई नागरिक मारिएका छन् । मृतक दुवै महिला रहेको लामो समयदेखि इजरायलमा बसोबास गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको मृत्युको कारण विस्तृतमा युक्रेनी परराष्ट्र मन्त्रालयले नखुलाएको द टाइम्स अफ इजरायलले जनाएको छ ।

इजरायल–प्यालेस्टाइन युद्धका क्रममा भारतका २७ नागरिकलाई इजरायलबाट इजिप्ट पुर्‍याइएको छ ।

राज्यसभा सदस्य वानवेइरी खारलुखी, उनकी पत्नी, छोरीसहित भारतीय नागरिकलाई सुरक्षित रुपमा सीमा कटाइएको छ ।

२७ जना नै मेघालयका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलमा १८ हजार बढी भारतीय नागरिक छन् । त्यसमध्ये धेरै जना केयर गिभरको रोजगारीमा छन् ।

इजरायली सैनिक सेवामा रहेका बेलायती एक नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

इजरायलको सुरक्षा फौजमा रहेका बेलायती नागरिक नाथानेल योङको हमासले गरेको आक्रमणमा मृत्यु भएको छ । बेलायती एक नागरिक हराइरहेको बीबीसीले लेखेको छ ।

फ्रान्सको एक महिलाको मृत्यु भएको रोयटर्सले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबारसम्म फ्रेन्च नागरिकको हताहतीको पूर्ण जानकारी संकलन भइसकेको छैन ।

घाइते बेलारुसका दुई जना नागरिकको अवस्था गम्भीर रहेको दी टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । हमासले दुई मेक्सिकनलाई नियन्त्रणमा लिएको छ ।

जर्मन–इजरायली एक नागरिक हमासको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कम्बोडियाका एक विद्यार्थीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?