
२३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–११, सुन्धारामा एक जना युवतीको शव भेटिएको छ ।
श्रीगुरु गेस्ट हाउसमा बसेकी १७ वर्षीया भूमिका राउत मृत अवस्थामा भेटिएको प्रहरी वृत्त, जनसेवाले जनाएको छ ।
जनसेवाका एक प्रहरी अधिकृतका अनुसार, ललितपुरको इमाडोल घर भएकी उनी ८ असोजदेखि त्यहाँ बस्दै आएकी थिइन् । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरीले विषको बट्टा पनि बरामद गरेको छ । एक अधिकृत भन्छन्, ‘पोष्टमार्टम र भिसेरा जाँचपछि मृत्युको कारण स्पष्ट होला ।’
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4