+
+

‘परदेशी २’ हेर्न पुगे सेलिब्रिटी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १२:२०

काठमाडौं । ‘परदेशी २’ शुक्रबारदेखि देशव्यापी रिलिज भएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित आईएनआई सिनेमा हलमा फिल्मको विशेष शो आयोजना गरियो ।

कास्ट एण्ड क्रिउसहित फिल्म हेर्न स्पेसल शोमा हरिवंश आचार्य, दीपकराज गिरी, निर्मल शर्मा, मनोज गजुरेल, प्रेमराजा महत लगायत उपस्थित रहे । निर्देशक रायमाझीसहित कलाकारहरु प्रकाश सपुत, केकी अधिकारी र वर्षा सिवाकोटी पनि विशेष शोमा आकर्षण बने ।

फिल्म हेरेपछि मिडियासँग कुरा गर्दै हरिवंश आचार्यले फिल्मको युवापुस्तामा रहेको विदेश मोहलाई सचित्र प्रस्तुत गरेको बताए । उनले फिल्म सन्देशमूलक बनेको भन्दै प्रशंसा गरे ।

गायक समेत रहेका प्रेमराजा महतले युवापुस्तामा व्याप्त ‘अमेरिकन ड्रिम्स’लाई फिल्मले प्रस्तुत गर्दै सन्देश दिएको बताए । दीपकराज गिरी र मनोज गजुरेलले पनि फिल्मको प्रशंसा गरे । रमेश बीजीले लेखेको ‘परदेशी २’ मा यसपटक अमेरिकी सपनाको कथावस्तु पेश गरिएको छ ।

कमाउने सपना बोकेर अमेरिका पुगेको एक नेपाली युवाको पारिवारिक र सामाजिक आउने उतारचढाव फिल्ममा पेश गरिएको छ । ‘परदेशी’मा निर्देशक रायमाझीले खाडीको कथा प्रस्तुत गरेका थिए । फिल्मको शीर्ष भूमिकामा गायक समेत रहेका सपुतले अभिनय गरेका छन् । यो उनको डेब्यु फिल्म समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?