+
+

कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १४:४९

२६ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले गत साउन ३० गते सार्वजनिक गरेको नतिजामा चित्त नबुझी पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीको अन्तिम चरणको पुनर्योगको नतिजा प्रकाशन गरेको हो ।

कार्यालयले परिवर्तित ग्रेडसिट लिनका लागि अबको १० दिन पश्चात सक्कल ग्रेडसिटसहित बोर्डको सम्बन्धित कार्यालय मार्फत परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सूचित गरेको छ । कार्यालयको अनुसार प्रकाशित नतिजामा चित्त नबुझेको खण्डमा १५ दिनभित्र प्रति विषय दुई हजार तिरेर उत्तरपुस्तिका हेर्न सक्नेछन् ।

बोर्डले गत २६ वैशाखदेखि ५ जेठसम्म परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १४० जना र २०७२/७३ को ग्रेडवृद्धितर्फ ६५० जना ग्रेडेड (माथिल्लो तह अध्ययनका लागि योग्य) भएका छन् । त्यस्तै ५६ जनाको परीक्षा रद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?