+
+

सशस्त्र प्रहरीको चाडपर्व सुरक्षा योजना : २९ हजारबढी सुरक्षाकर्मी खटिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १६:५५

२६ असोज, काटमाडौं । सशस्त्र प्रहरी बलले चाडपर्व विशेष सुरक्षा योजना तयार पारेको छ । चाडपर्वको समयमा सीमावर्ती ईलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजना तयार पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सुरक्षा योजनाअनुसार २९ हजार १५४ जना सशस्त्र प्रहरी परिचालित हुनेछन् भने २ हजार ९२९ जना तयारी हालतमा रहने छन् । चीन र भारतका सीमा क्षेत्रमा १२५ स्थानमा हेल्प डेस्क (नागरिक सहायता कक्ष) र ३३ स्थानमा हेल्थ डेस्क (नागरिक स्वास्थ्य सहायता कक्ष) स्थापना गरिएको छ ।

साथै झापाको पूर्वी नाका काँकडभिट्टाको मेची पुल ईलाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचाहन गर्न सक्ने तालिम प्राप्त डग समेत परिचालन गरिएको छ ।

आपराधिक क्रियाकलापहरुको रोकथाम एवं नियन्त्रण गर्न गस्ती, पट्रोल, चेक प्वाईन्ट ड्यूटि खटिनुको साथै मुख्य राजमार्गमा हुनसक्ने घटना रोक्न र दुर्घटना भएमा समयमै उद्वार गर्न ५३ स्थानमा एम्बुलेन्स सहितको आई.आर.टी. टोली परिचालिन गरिने छ ।

सुरक्षा योजना अन्तर्गत ५६३ स्थानमा पैदल गस्ती, ३६६ स्थानमा मोवाइल गस्ती, ३७ स्थानमा एलआरपी (लामो दुरीको गस्ती), २०९ स्थानमा क्यु.आर.टी. र ३७३ स्थानमा चेकप्वाईन्ट तथा पिकेट ड्यूटिमा सशस्त्र प्रहरी कर्मचारी तैनाथ हुने छन् ।

यसको अनुगमन प्रधान कार्यालयले गर्नेछ भने उपत्यकामा ५ वटा अनुगमन टोली समेत परिचालित हुने सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?