+
+

शिक्षाको कथामा फिल्म बनाउन लागेका निखिल भन्छन्- यसमा ‘साइलेन्ट एक्सन’ हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १४:१९

काठमाण्डौं । अभिनेता तथा निर्देशक निखिल उप्रेती यतिबेला आगामी फिल्मको चटारोमा छन् । यो फिल्मबारे उनले कथावस्तुसहितका पक्षबारे महत्वपूर्ण खुलासा गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै निखिलले यो ‘बेनामे’ फिल्मको कथावस्तु शिक्षामा आधारित हुने बताए । ‘यतिबेलाको विषयवस्तु भिन्न छ तर कमर्सियल फिल्म नै हो । अहिलेको एजुकेसनको तरिकालाई बहुत गहिरो तरिकाले उठाउँदै छु’ उनले भने ।

प्रविधिको युगमा शिक्षा लिने तरिका र यसमा नेपाली समाजको व्यवहारिकताबारे फिल्मले प्रश्न गर्ने निखिलको भनाई छ ।

‘हामीले इन्टरनेटबाट के-के चीज पायौं ? हामीले गुगलबाट के पायौं ? एआईबाट के पायौं ? हामी चाहिँ त्यसबाट के खोज्छौं’ उनी भन्छन्, ‘व्यवहारिक र समाजको परिवेशको हिसाबले मैले भन्न खोजेको हो । मेरो तर्फबाट यो मजाको कथावस्तु हो । वास्तविक मजा त दर्शकले कसरी लिनुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ ।’

निखिलको आफ्नै कन्सेप्ट र लेखनमा तयार हुन लागेको फिल्मको निर्देशकबारे उनले खुलाएनन् । ‘मैले आफूले गर्न सक्ने सम्भावना पनि छ’ अहिले प्रि-प्रोडक्सनमा ब्यस्त फिल्मबारे उनले भने, ‘म निर्देशक पनि हुन सकूँला । क्यारेक्टरबारे भन्न बाँकी छ । अहिले प्रि-प्रोडक्सनमा काम गरिराख्या छौं ।’

आगामी डिसेम्बर अन्त्य वा जनवरी सुरुदेखि छायांकनमा जान लागेको फिल्ममा ‘साइलेन्ट एक्सन’ हुने उनले बताए ।

‘बन्दुक पड्काउनु र काटमार गर्नुलाई हामी एक्सन भन्छौं । तर, एक्सन भनेको साइलेन्ट पनि हुन्छ । साइलेन्ट एक्सन झन् खतरनाक हुन्छ । जुन चाहिँ बाहिर देखिँदैन । रिजल्ट एकैचोटी देखिन्छ । भित्रै बस्छ । हामीले फिल्ममा क्लाइमेक्सको सुटिङ गरेजस्तो होइन । एक्सन धेरै किसिमको हुन्छ तर यसमा एक किसिमको एक्सन हुन्छ’ उनले भने ।

पछिल्लो समय आध्यात्मिक गतिविधिमा समेत ब्यस्त निखिलले यो फिल्ममा आध्यात्मिक टच दिने अपेक्षा गरिएको छ । केही महिनाअघि उनले युट्युवमा पड्कास्ट कार्यक्रम समेत चलाउने चर्चा थियो ।

निखिलको पछिल्लो फिल्म ‘भिलियन’ थियो । यसअघि उनले ‘भैरव’ फिल्मको लेखन तथा निर्देशन गरेका थिए ।

तस्वीर : गोपीकृष्ण चापागाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?