+
+

‘पशुपतिप्रसाद’लाई ‘युनिभर्स’ शैलीमा लैजाने तयारी छ : खगेन्द्र लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १२:०७

काठमाडौं । हलिउडमा पहिल्यैदेखि ‘युनिभर्स’मा आधारित फिल्म निर्माणको ट्रेन्ड छ । मार्वल र डीसी सिनेम्याटिक युनिभर्स हलिउडका ठूला सिनेमा ब्रह्माण्ड हुन् ।

बलिउडमा समेत यशराज फिल्म्सले स्पाइ र रोहित सेट्टीले कप-युनिभर्स निर्माणको घोषणा गरिररहेका छन् । जसअनुसार धमाधम फिल्म पनि रिलिज भइरहेका छन् ।

अब नेपालमा समेत यसको चर्चा सुरु भएको छ । फिल्म निर्माता, अभिनेता र निर्देशक खगेन्द्र लामिछानेले ‘पशुपतिप्रसाद ब्रह्माण्ड’मा फिल्म बनाउने संकेत गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा लामिछानले आफूहरु यो फिल्मको युनिभर्स बनाएर अघि बढ्ने सोचमा रहेको बताए ।

उनले भने, ‘सिक्वेल एउटा चरणमा गएर सकिन्छ । हलिउड सिक्वेल कस्तो मजाले बुन्दै गएको देखिन्छ र कति नम्बरसम्म यसको सिरिज जान्छ । हामी पनि यसको युनिभर्स बनाएर लैजाऔं भन्ने छ । निर्माताको रुपमा मेरो यो पछिल्लो समयको सोच हो ।’

उनले ब्रह्माण्ड शैलीमा फिल्म बनाउँदा दर्शकलाई रुचिकर हुने समेत विश्लेषण गरे । ‘त्यसकारण पनि यसमा नयाँ कुरा जोडिन र नयाँ पात्रहरु आउन जरुरी हुन्छ । एउटै खालका पात्रलाई मात्र सधैंभरि घुमायो भने एउटा प्वाइन्टमा पुगेपछि मानिसलाई रुचिकर हुँदैन,’ खगेन्द्रले भने ।

खगेन्द्र निर्माता रहेको टुकी आर्ट्सले निर्माण गरेको ‘भष्मे डन’ सम्भवतः पहिलो नेपालको स्पिन–अफ फिल्म हो । ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखलाको रुपमा निर्माण भएको यो फिल्म फूलपातीको दिन रिलिज हुने तयारीमा छ ।

तस्वीर सौजन्य : ज्ञानु राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?