+
+

सोसल मिडियामा कहिल्यै पनि क्लिक नगर्नुहोस् यस्ता लिंक, मोबाइल ह्याक हुनसक्छ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते ८:४४

ह्याकर तथा साइबर ठगहरुले आम मानिसहरुलाई फसाउनका लागि विभिन्न खालका जाल बिछाइरहेका हुन्छन् । यद्यपि पछिल्लो केही समयदेखि इन्टरनेट प्रयोगकर्ताहरु इमेल तथा मेसेजमा आउने शंकास्पद लिंकहरुका विषयमा सचेत भैसकेका छन् । यस्तोमा ह्याकरहरुले भाइरसयुक्त त्यस्ता लिंकतर्फ प्रयोगकर्तालाई आकर्षित गर्नका लागि नयाँ तरिका अपनाउन थालेका छन् ।

सोसल मिडिया प्लाटर्फमहरुमा प्रयोगकर्ताले प्रायः समाचार आलेख तथा अन्य विभिन्न साइटका लिंक शेयर गर्दछन् । साइबर अपराधीहरुले अब यहीँ तरिकाको प्रयोग गरेर मानिसहरुलाई फसाउने यत्न गरिरहेका छन् ।

एम्नेस्टी इन्टरनेसनलको सेक्योरिटी ल्याबले आफ्नो रिपोर्टमा ह्याकरहरुको यस्तो नयाँ चालबाजीका विषयमा उल्लेख गरेको छ ।

उक्त रिपोर्ट अनुसार एक्स तथा मेटा लगायतका प्लाटर्फमहरुमा ह्याकरहरुले कमेन्टमार्फत् संदिग्ध लिंकहरु एम्बेड गरिरहेका छन् । यी लिंकहरु यतिधेरै खतरनाक हुन्छन् कि एक क्लिकबाटै कुनै पनि प्रयोगकर्ताको डिभाइस ह्याकरको कब्जामा पर्न सक्दछ ।

कहिलेकाहीँ सोसल मिडियामा कुनै पोस्टमा कसले कस्तो प्रतिक्रिया जनाएको छ भन्ने चासो हुँदा त्यसको कमेन्ट खण्ड पनि स्क्रोल गरिन्छ । यस्तोमा यदि तपाईंले भुलबस पनि कमेन्टका रुपमा राखिएका त्यस्ता लिंकहरुमा क्लिक गर्नुभयो भने त्यो निकै जोखिमपूर्ण हुनसक्छ । यस्तो खालका लिंकहरुमा क्लिक गर्दा तपाईंको डिभाइस ह्याक हुनेमात्र होइन तपाईंको व्यक्तिगत डेटा तथा गोपनीय कुराहरु पनि ह्याकरको हातमा पर्नेछन् ।

एउटा यस्तै एक्स अकाउन्टले शंकास्पद लिंकलाई प्रवर्धन गरिरहेको देखिएको छ । @Joseph_Gordon16  नामको एउटा एक्स अकाउन्टले अन्य प्रयोगकर्ताका पोस्टमा रिप्लाइको रुपमा लगातार संदिग्ध लिंकहरु शेयर गरिरहेको हुन्छ ।

ह्याकरको यो चालबाजी यत्तिमा मात्र सीमित हुँदैन । यी साइबर अपराधीहरुले शेयर गरेका युआरएलहरु पनि साँच्चीकैका वेबसाइहरुका युआरएल जस्तै देखिन्छन् । जसका कारण सामान्य प्रयोगकर्ताहरुले ती वास्तविक साइट भनेर लिंकमा क्लिक गर्न पुग्दछन् ।

माथि उल्लेखित युआरएलहरु इन्टेलेक्साको पि्रडेटर स्पाइवेयर सिस्टमसँग सम्बन्धित छन् । यसको जानकारी गुगल थ्रेट्स विश्लेषण ग्रुपले दिएको छ । यी स्पाइवेयर प्रणाली यतिधेरै शक्तिशाली हुन्छन् कि लक्षित डिभाइसमा पूर्णरुपमा पहुँच स्थापित गर्दछन् तर आफ्नो पछाडि कुनै पनि सबूत छाड्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?