+
+

गाजाको अस्पतालमा भएको आक्रमणको नेपालले गर्‍यो निन्दा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १९:२४

२ कात्तिक, काठमाडौं । नेपाल सरकारले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको हमलामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार गाजाको एक अस्पतालमा आक्रमण गरी निर्दोष नागरिकको ज्यान लिएको घटनाले स्तब्ध बनाएको उल्लेख गरेको छ ।

‘गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएको घटनामा नेपाल सरकार स्तब्ध भएको छ । अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं । साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सर्वसाधारण नागरिक विरुद्धको यस आक्रमणलाई लिएर गम्भीर रूपमा चिन्तित भएको जनाइएको छ ।

नेपालले जस्तोसुकै परिस्थितिमा भए पनि नागरिकको सुरक्षा गर्न आह्वान गरेको छ । नेपाल शान्तिमा विश्वास गर्ने भन्दै जारी विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?