+
+

विश्वभर ‘लियो’को आक्रामक ओपनिङ : जवान, आदिपुरुष र जेलरको कमाइलाई उछिन्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३ गते १३:३०

काठमाडौं । थलापति विजय स्टारर भारतीय फिल्म ‘लियो’ले विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो एक्सन–थ्रिलरले जवान, आदिपुरुष र जेलरको पहिलो दिनको कमाइलाई पनि उछिनेको छ ।

बलिउडको कमाइबारे अध्ययन गर्ने एजेन्सी स्याकलिंकका अनुसार ‘लियो’ले विश्वव्यापी १४० करोड भारुको ओपनिङ गरेको छ । पिंकभिल्लाका अनुसार यसको डेब्यु ओपनिङ १४५ करोड भारु हुन सक्छ । प्रभास स्टारर ‘आदिपुरुष’ले पनि यही कमाइबाट यात्रा थालेको थियो तर पहिलो सप्ताहन्तपछि यसले कमाउन सकेन ।

शाहरुख खान अभिनित फिल्म ‘जवान’ले विश्व बक्स अफिसमा १२९.१ करोड भारु कमाएको थियो । पान-इण्डिया रिलिज भएको जवान, अहिलेका सबै भारतीय भाषाका संस्करणमा धेरै कमाउने फिल्म हो । एटली निर्देशित फिल्मले विश्वभर ११४०.५ करोड भारु कमाएको छ ।

लोकेश कनागराजद्वारा निर्देशित ‘लियो’को रिलिजलाई लिएर हिन्दी र तेलुगू बेल्टमा विवादित भएको थियो । फिल्मले घरेलु बजारमा ६३ करोड भारु कमाएको छ । भारतभर ७४ करोड भारु कमाएको छ । यी दुवै आँकडा जवानभन्दा कम छन् । अभिनेता विजयका लागि पकेट क्षेत्र मानिने तमिलनाडुमा बिहानी शो भने थिएनन, यद्यपि यसले ३० करोड भारु कमायो ।

आन्ध्र प्रदेश-तेलंगाना बजारमा १५ करोड भारु कमाइ भएको थियो । कर्नाटकमा फिल्मले ओपनिङ दिनमा १४ करोड कमाएको थियो भने केरलामा लियोले ११ करोड कमाउन सक्यो । यसअघि ट्रेड एनालिस्ट रमेश बालाले फिल्मले ओपनिङ डेमै विश्वभर १०० करोडभन्दा बढीको व्यापार गर्ने अनुमान गरेका थिए, जुन संख्यालाई फिल्मले सजिलै पार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?