+
+

भोजपुरमा घरबाटै हराएकी ७ वर्षीया बालिका गुफाभित्र मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ४ गते १४:४६

४ कात्तिक, काठमाडौं । घरमा खेल्दाखेल्दै हराएकी भोजपुरकी एक बालिका मृत फेला परेकी छन् ।

भोजपुरको आमचोक गाउँपालिका-६ थुन्कीका देवचन्द्र राईकी ७ वर्षीया छोरी आकृति शुक्रबार हराएकी थिइन् ।

प्रहरीको सहायतामा खोजतलास गर्दा घरभन्दा साढे एक किलोमिटर टाढा टेङलुङछुकस्थित जंगलको गुफामा मृत फेला परेकी हुन ।

बालिकाको शव गुफाको पानीमुनि तल्लो भागको कपडा खोलिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बालिका हराएको सूचना पाएपछि प्रहरीले शुक्रबार राति ११ बजे सोही ठाउँका दिपचन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । उनकै बयानका आधारमा आज बिहान बालिकाको शव फेला प्रहरी प्रहरीले जनाएको छ ।

घटना शंकास्पद रहेको र थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?